परिचय

परिचय

बेरोजगार र रोजगारदाताहरूबिच सम्बन्ध सेतुको रूपमा रही रोजगारका अवसरहरूको सृजना गर्ने, उचित वितरणको माध्यमबाट महानगरबासीहरूलाई रोजगारीमा आबद्ध गर्ने तथा उत्पादनशील रोजगारीमा पहुँच वृद्धि गर्ने उद्देश्यका साथ २०८० भदौमा काठमाडौँ महानगरपालिकामा श्रम बैङ्क स्थापना गरी सञ्चालन भएको छ ।

काठमाडौँ महानगरपालिकामा श्रम बैंक संचालन गर्न “श्रम बैङ्क सञ्चालन कार्यविधि, २०८०” र “श्रम बैंकमा आबद्ध श्रमिक परिचालन सम्बन्धी मार्गदर्शन, २०८०” कानूनी व्यवस्था गरिएको छ। श्रम बैंक मार्फत खटिने श्रमिकको पारिश्रमिक/ज्याला काठमाडौँको स्वीकृत जिल्ला दररेट अनुसार हुने गरि भुक्तानी पाउछ ।

१८ वर्ष पुरा भएको र ६५ वर्ष ननाघेको नेपाली नागरिकले श्रम बैंकमा अनलाइन https://jobs.kathmandu.gov.np माध्यमबाट मात्र सूचीकृत हुन पाउने व्यवस्था छ । अनलाइनमा १०५ वटा  कामको क्षेत्रहरु राखिएको छ । जस मध्येबाट आफूले गर्न सक्ने १० वटा सम्म काम रोज्न सकिन्छ । 

पवन कुमार ठाकुर 

फोकल पर्सन 

श्रम बैंक 

काठमाडौँ महानगरपालिका